काठमाडौं, १५ फागुन । बझाङको बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शनिवार वुगल नगरपालिका वडा नँ ३का ३८ वर्षिय जय बहादुर बोहरा रहेका छन् भने घाइते हुनेमा सोही ठाउँका अन्ताजि ३९ वर्षिय हर्कबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टले जानकारी दिए ।
शनिवार बेलुका ५ बजेतिर घर निर्माणको लागि काठ बोकेर खोल्लेक जाने क्रममा बुङ्गल वडा ३ रन्लेम सडक खण्डको जुमेपानिमा से १ च १४४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका बोहराको उपचारका लागि धनगढीमा पठाएको उनका आफ्न्तले बताएका छन ।
प्रतिक्रिया