प्रचण्ड–माधव नेपाल एमसीसी पास गर्न राजी भएको ओलीको दाबी

काठमाडौं,१४ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसी संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई वचन दिएको दाबी गरेका छन्।

अध्यक्ष ओलीले हिजो (शुक्रबार) बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने वचन दिएको दाबी गरेका हुन्। शनिबार काठमाडौंमा आयोजित प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा उनले एमसीसीबारे काँग्रेसले आफ्नो पार्टीसँग छलफल गरेपछि दाहाल–नेपाल गठबन्धन टुट्ने डरले अत्तालिएको दाबी पनि गरे।

तर प्रधानमन्त्री देउवाले भने एमसीसी पास गर्न इमान्दार हुन दाहाल–नेपाललाई सचेत गराएको ओलीको भनाइ थियो। उनले गैरसांसदहरुलाई संसदमा राखेर सभामुख अग्निप्रसाद सापकोटाले संसद् चलाएसम्म आफूहरुले संसदका कुनै पनि प्रक्रियामा भाग नलिने अडान पनि दोहोर्याए।‘एमसीसीबारे हामीसँग काँग्रेसले कुरा गर्यो।

काँग्रेसले कुरा गरेको थाहा पाएपछि साथीभाइको सातो गएछ–गठबन्धन टुट्छ भनेर, अध्यक्ष ओलीले भने, ‘हिजो बिहान प्रचण्ड र माधव नेपाल कुदेर शेरबहादुर देउवा हाँ गएर भन्नुभो– हामी एमसीसी पास गर्छौँ।गठबन्धन जोगाइदिनूस्, हामीलाई सडकमा नफालिदिनूस् प्रभु भनेपछि प्रधानमन्त्री देउवाजीले हेर्छु, कत्तिको इमान्दार छौ, इमान्दार रहेछौ भने ठीक छ भनेर पठाउनुभयो।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति