डडेल्धुरामा टिप्पर दुर्घटना, एकजनाको मृत्यु, एक घाइते

काठमाडौं, १४ फागुन । डडेल्धुरा जिल्ला सदरमुकाममा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित सुकेधाराको भिरबाट टिप्पर खस्दा एकजनाको मृत्यु भएको हो।दुर्घटनामा एकजना घाइते भएका छन्। सुप ००१ क १८७९ नम्बरको उक्त टिप्परमा २ जना सवार रहेको बताइएको छ। टिप्पर ब्याक गर्दा खसेको बुझिएको छ। मृतक र घाइतेको परिचयन खुलिसकेको छैन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति