काठमाडौं, १४ फागुन । नेपालमा आज थप १५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२३९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र २९१३ जना एन्टीजेन परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयले आज ५४० जना संक्रमित डिस्चार्ज भएको जनाएको छ ।आज थप २ जनाको मृत्यु भएको छ ।देशभरी अहिले ८८३९ जना सक्रिय संक्रमित रहेका छन् ।
१५५ जनामा कोरोना संक्रमण, ५४० डिस्चार्ज
प्रतिक्रिया