राष्ट्रसंघ सुरक्षा परिषदमा युक्रेन आक्रमणको निन्दा, रुसद्वारा भिटो प्रयोग

काठमाडौं, १४ फागुन । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेनबारेको एक प्रस्तावमा रुसले भिटो पावरको प्रयोग गरेर त्यसलाई रोकिदिएको छ ।

रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्ने प्रस्तावमा स्थायी सदस्य राष्ट्र रुसले भिटो प्रयोग गरेको हो । यस प्रस्तावको पक्षमा ११ सदस्यले भोट दिए । भारत, चीन र युएईले भोटिङमा भाग लिएनन् ।युक्रेनमा रुसी आक्रमणलाई रोक्ने र सेनालाई फिर्ता बोलाउने विषयमा मतदान गराइएको थियो ।रुस सुरक्षा परिषदका पाँच स्थायी सदस्यमध्ये एक हो । सुरक्षा परिषदका स्थायी सदस्यमा रुससँगै अमेरिका, चीन, फ्रान्स र ब्रिटेन छन् ।

उनीहरुसँग भिटो पावर प्रयोग गर्ने अधिकार रहन्छ ।सुरक्षा परिषदको बैठकमा रुसी राजदूतले युक्रेनमाथि गरिएको आक्रमणको बचाउ गर्दै डोनबास क्षेत्रका युक्रेनी नागरिकको सुरक्षाका लागि यो कदम उठाएको बताएका थिए ।यसैगरी अमेरिकी राजदूतले युक्रेनमा गरिएको आक्रमणको निन्दा गर्दै रुसले भिटोको गलत प्रयोग गरेको बताएकी थिइन् ।युक्रेनका राष्ट्रपतिले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा युक्रेनमाथि गरिएको आक्रमणको विषय उठाएको भन्दै सदस्य राष्ट्रहरुलाई धन्यवाद दिएका छन् । रुसको भिटो पावरबारे टिप्पणी गर्दै उनले भनेका छन्– यो रगतको दाग जस्तै हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति