एमसीसी पास भयो भने युक्रेनले अहिले भोगेको अवस्था नेपालले पनि भोग्नुपर्ने स्थिति आउन सक्छ – नेता खनाल

काठमाडौँ, १३ फागुन । एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युक्रेनले अहिले भोगेको अवस्था नेपालले पनि भोग्नुपर्ने स्थिति आउन दिन नहुने बताएका छन् ।

कमलादीस्थित प्रज्ञा भवन परिसरमा शुक्रबार आयोजित एमसीसीविरुद्ध खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी अनुमोदन गर्दा चीनसँगको सम्बन्ध बिग्रिन सक्ने बताए । ‘अहिले रुस–युक्रेन युद्ध चलिरहेको छ । युक्रेनका कारण आफूमाथि सुरक्षा चुनौती बढेको भन्दै रुसले आक्रमण गर्‍यो ।

अहिले युद्ध चलिरहेको छ,’ खनालले भने, ‘नेपालले पनि यसबाट सिक्नुपर्छ । टाढाको कुरा सुन्दा छिमेकी देशसँगको सम्बन्ध बिग्रिने अवस्था नआओस् ।’ एमसीसीको प्रक्रिया आफू प्रधानमन्त्री हुँदा सुरुवात नगरेको भन्दै उनले डा। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सुरु भएको बताए ।

एमसीसी नेपालको हितमा नरहेको भन्दै उनले संसदमा अनुमोदन गर्ने विषयमा पनि आपत्ति जनाए । ‘आलु, टमाटर बेच्दा अनुमोदन गर्न नपर्ने, अनि बिजुली बेच्न चाहिँ अनुमोदन गर्नुपर्ने रु,’ खनालले प्रश्न गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति