गठबन्धन टुटे बिचराहरू धुलोपिठो हुन्छन् : अध्यक्ष ओली

पोखरा, १३ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन टुटेमा सबै धुलोपिठो हुने भएकाले गठबन्धन नटुट्ने बताएका छन । ‘गठबन्धन टुट्न पनि हुँदैन’ उनले भने, ‘टुटिहालेमा बिचराहरू धुलोपिठो हुन्छन् ।’शुक्रबार पोखरामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले पुतली र मान्छेको कथा हाल्दै उनले पुष्पकमल दाहाललाई पुतली कि मान्छे भनेर छुट्टाउन नसकिएको बताए । जसलाई जतिबेला चाहियो त्यतिबेला फोरेर काम चलाउने जस्तो एमाले पैसा जम्मा गर्ने खुत्रुके नभएको उनले बताए । उनले नेता कार्यकर्तालाई आगामी स्थानीय तहको निर्वाचनमा लाग्न निर्देशन पनि दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति