युक्रेनको मेट्रो स्टेसनमा लुकिरहेका नेपालीहरुले भने –”तत्काल उद्धार चाहियो”

काठमाडौं, १३ फागुन । पूर्वी युरोपको युक्रेन र छिमेकी राष्ट्र रुसबीच चर्किएको द्वन्द्वमाझ युक्रेनमा रहेका नेपालीको उद्धार समन्वयमा सरकारले वक्तव्यबाजीबाहेक अरु उपाय अपनाउन सकेको छैन ।

केही आपत परेमा जर्मनी वा रुसस्थित नेपाली दूतावासको सम्पर्क नम्बरमा खबर गर्नु’ भनिए पनि खबर गर्दा दूतावासका अधिकारीले ‘जोगिएर बस्नु, घर बाहिर ननिस्कनू’ मात्रै भनिरहेकोमा आपतमा परेका विद्यार्थीले रोष समेत जनाएका छन् । युक्रेनको राजधानी किभबाट ४ सय ८० किलोमिटर पूर्व–उत्तरमा पर्ने खर्किभ नेसनल मेडिकल युनिभर्सिटीमा एमबीबीएस अध्यनरत नेपालीसहितका विद्यार्थी नजिकै मेट्रो स्टेसनको लबीमा लुकेर बसिरहेका छन् ।

‘हरेक घण्टामा स्थिति तनावग्रस्त बन्दैछ, भागेर जाने ठाउँ पनि छैन,’ एमबीबीएस तेस्रो वर्षमा अध्यनरत जनकपुरका रोशन झाले भने,‘कहीँ कतै सम्पर्क गर्ने सहज अवस्था पनि छैन, नेपाल सरकारले तत्काल हाम्रो उद्धार समन्वय गरिदियोस् भन्ने चाहेका छौं ।’हतास मनस्थितिमा कोही विद्यार्थी युनिभर्सिटीमै लुकेर बसेको र कोही भने मेट्रोको लबीमा रहेको अवस्थाबारेमा बताउँदै उनले ‘फोन चार्ज गर्ने, सम्पर्क गर्ने वा खानपिनको जोहो गर्ने अवस्थामा समेत कठिनाइ बन्दै गएको जानकारी दिए ।युक्रेनस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष हरि मल्लले पनि स्वतन्त्र राज्य घोषणा भएका दोनेत्सक र लुहान्स्क मात्रै होइन, युक्रेनका अन्य भागमा पनि मिसाइल आक्रमणसँगै असुरक्षाको स्थिति बढिरहेको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति