पोखरा, १३ फागुन । कास्कीमा अन्य पार्टी परित्याग गरि सयौंको सँख्यामा नेपाल कम्युनिष्ट पार्टी एमाले प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् तमुवान प्रदेश ईन्चार्ज गणेशमान गुरुङ, केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इन्चार्ज देवीराज गुरुङ, केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति अध्यक्ष हुमबहादुर गुरुङ र केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश समितिका उपाध्यक्ष दीपक तामाङको नेतृत्वमा जसपाका सयौं कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे ।
सो अवसरमा बोल्दै एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेकपा एमालेका कार्यकर्ताहरु स–सानो समस्यामा अल्झिन नहुने बताए । ‘साना कुरामा अल्झिन हुदैन, उनले भने, ‘एकढिक्का भएर अगाडी बड्नुपर्छ । नेताहरुमा देखिन्छ नी कच्याक कुचुक, त्यस्तो हुनुहुदैन । घाममा ड्यामका ड्याम छाप लगाउने बनाउनुपर्छ ।’
उनले पार्टीका हरेक नेता जनता र राष्ट्रका सेवक भएको बताए । ‘हामी हाकिम होईन हामी जनताका सेवक हौ, उनले भने, ‘यदी कार्यकर्ताले नेता भेट्दा हाकिम भेटे जस्तो भान भो भने नेता नेता हुदैनन् । नेता भनेको सेवक जस्तो हुनुपर्छ ।’सोही कार्यक्रमका बिच नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राप्रपा लगायत पार्टी परित्याग गरि सयौंको सँख्यामा एमाले प्रवेश गरेका थिए ।
प्रतिक्रिया