जसपाको बैठक : बैठक एजेण्डामा अझै प्रवेश छैन , पक्ष र विपक्षमा चर्काचर्की

काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठकमा पक्ष विपक्षमा चर्काचर्की भएको छ ।

ग्वार्कोको एक होटलमा बसेको बैठकमा एजेण्डा प्रस्तुत नहुँदै नेताहरुले आ–आफ्ना कुरा पक्ष र विपक्षमा राख्न थालेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईको कमीकमजोरी देखाई आलोचना गरेका छन् भने अध्यक्ष पक्षका नेताहरुले अध्यक्ष यादवको कमीकमजोरी देखाइ आलोचना गर्न लागिपरेका छन् । यही विषयमा दुबै पक्षबीच चर्काचर्की भइरहेको एक नेताको भनाइ छ ।

बैठकमा सहभागी एक नेताले भने, ‘नेताहरुले पुराना कुराहरु कोट्याई रहेका छन्, एकले अर्कालाई गल्ती देखाइरहेका छन्, विगतमा मैले यस्तो गरेँ, फलानोले उस्तो गर्यो भन्ने जस्ता कुराहरु भइरहेका छन्, बैठक एजेण्डामा अझै प्रवेश गरेको छैन ।’ बैठकको एजेण्डा एमसीसी, स्थानीय तहको चुनाव, पार्टी समायोजन, कार्यविभाजन लगायतको रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति