माओवादीले बोलायो वरिष्ठ नेताहरूको आकस्मिक बैठक

काठमाडौं, १३ फागुन नेकपा माओवादी केन्द्रले काठमाडौमा उपलब्ध वरिष्ठ नेताहरूको आकस्मिक बैठक बोलाएको छ । एमसीसीका कारण उत्पन्न अवस्था र सरकारमा सहभागिताको एजेण्डामा निर्णय गर्न आकस्मिक बैठक बोलाईएको माओवादी स्रोतले जनाएको छ ।

ठकका लागि माओवादी नेताहरु प्रचण्ड निवास खुमलटारमा भेला हुन थालेका छन् । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहितका नेताहरु खुमलटार पुगिसकेका छन् भने अन्य नेताहरु पनि खुमलटार पुग्दै गरेको स्रोतले जनाएको छ ।बैठकमा एमसीसीको विपक्षमा मतदान गर्नु अघि सरकारबाट बाहिरिने विषयमा निर्णय हुन सक्ने अनुमान गरिएको छ ।

‘सम्भवत आजै माओवादीले सरकार छाड्छ ।’ स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवाले जरीपनि एमसीसी पास गर्ने गरि रणनीति बनाए पछि माओवादीमा दवाव परेको हो । सरकारमै रहेर विपक्षमा मतदान गर्ने विषयमा प्रधानमन्त्री देउवाले असहमति जनाएपछि माओवादीले सरकारबाट बाहिरिने मनस्थिती बनाएको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति