एमाले नेताहरू बालुवाटारबाट बाहिरिइसके : काँग्रेस नेता आन्तरिक छलफलमा

काठमाडौं, १२ फागुन। सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकिएसँगै नेपाली काँग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए ।

एमाले नेताहरू बालुवाटारबाट बाहिरिइसकेका छन् । बाहिरिने क्रममा कसैले पनि बैठकबारे प्रतिक्रिया दिएनन् । यद्यपि दुई पार्टी बीचको छलफल सकारात्मक दिशामा अघि बढेको बताइएको छ । एमसीसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू बीच एक मत हुन नसकेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलको साथ खोजेका हुन् । आज दिउँसो पनि दुई दलबीच संसद् भवनमा छलफल भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति