देउवा भेट्न ओलीसहित एमाले नेताहरु बालुवाटारमा

काठमाडौं, १२ फागुन। नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु पुनः छलफलमा जुट्दैछन् । बालुवाटारमा केहीबेरमा हुने छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु सहभागी हुनेछन् । यसअघि दिउँसो संसद भवन परिसरमा पनि दुई दलका नेताहरुबीच छलफल भएको थियो । त्यसपछि एमाले नेताहरुले माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेका थिए । लगत्तै एमाले नेताहरुबीच बालुवाटार हिँडेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति