कि सरकारमा छैनौं भनौं, हैन भने सरकारमा रहँदाको मर्यादा पालना गरौं :महामन्त्री शर्मा

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीको विरोध गर्नेलाई सरकार छाड्न चेतावनी दिएका छन् ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूले एमसीसीविरुद्ध प्रदर्शन जारी राखेपछि महामन्त्री शर्माले सरकारमा रहँदा मर्यादा पालना गर्नुपर्ने बताएका छन् ।सामाजिक सन्जालमा शर्माले लेखेका छन्, ‘कि भनौं गठबन्धनमा छौं, सरकारमा छैनौं कि सरकारमा रहँदाको मर्यादा पालन गरौं ।’

सरकारको प्रस्तावविरुद्ध सरकारकै मन्त्रीले असहयोग गरेको पनि उनले बताएका छन् ।केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको एमसीसी प्रस्ताव कांग्रेस नेतृत्वको सरकारले अघि बढाउँदा ओलीको नैतिक जवाफदेहीता खोजिने पनि उनले उल्लेख गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति