पत्नीसहित अर्थमन्त्री शर्मा २ सय ५५ मिटर अग्लो भिरमा रमाउदै

काठमाडौं, १२ फागुन । अर्थमन्त्री जनार्दन शर्मा बाग्लुङ बलेवामा रहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा नवनिर्मित स्काइ क्याफेमा बसेर नास्ता गरेका छन्।

कालीगण्डकी नदी खोंचमा नदीदेखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेमा शर्मा श्रीमती लक्ष्मी पौडेलसँगै बसेर आनन्द लिएका हुन्। पर्यटकले स्काइ क्याफेमा १५ मिनेट समय पाउँछन्। जुस वा कफीसहित फुड प्लाटर खान पाइने स्काइ क्याफेमा प्रतिव्यक्ति दुई हजार ५ सय शुल्क लाग्छ भने भिडिओ पनि सोही शुल्क अन्तर्गत नै पाइन्छ।आइतबार प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल हुँदा पनि अर्थमन्त्री शर्मा उपस्थित थिएनन्। उनी बिरामी भएको भन्दै संसदमा उपस्थित भएका थिएनन्। उनको अनुपस्थितमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले एमसिसी टेबल गरेका थिए।

यो भिडियो अहिले टिकटकमा भाइरल बनेको छ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति