कलाकार जयनन्द लामाको निधन

काठमाडौँ, ११ फागुन । कलाकार तथा लोकगायक जयनन्द लामाको मृत्यु भएको छ । लामाको ६७ बर्षको उमेरमा निधन भएको हो ।पाँच दशकदेखि गायन क्षेत्रमा सक्रिय लामा कलाकारितामा मात्र नभइ संकलक, अभिनेता, निर्माता तथा निर्देशक पनि रहनु भएको छ ।

लामाका मुलाको चाना उही चाना, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, कलकत्ते काइँयो केश मेरो बाँगो, लौन हजुर के गरौँ नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय रहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति