एमाले अध्यक्ष ओली बालुवाटारमा, प्रधानमन्त्रीसँग विशेष वार्ता

काठमाडौं, १० फागुन ।  प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पुनः भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुगेका छन् । एमसीसीलाई लिएर सत्ता गठबन्धनमा विभाजन आइरहेका बेला प्रधानमन्त्रीले लगातार एमाले अध्यक्ष ओलीसँग संवाद बढाएका छन् । ओलीले भने गठबन्धन तोडेपछिमात्र कांग्रेससँग अरु विषयमा सहकार्य हुन सक्ने बताएका छन् ।

गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेसले गठबन्धनमा हरेर विपक्षमा मतदान गर्ने हो भने सरकार छाड्नुपर्ने बताइरहेको छ । आज ओली र देउवाबीचको वार्तालाई विशेष महत्वका साथ हेरिएको छ । कुनै न कुनै समझदारी शीर्ष तहमा हुन लागेको जानकारी आफूले पाएको एमालेका एक पदाधिकारीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति