नेप्से १७ अङ्कभन्दा धेरैले बढ्यो

काठमाण्डौ, १० फागुन । नेप्से आज मङ्गलवार १७ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आज १७ दशमलव ४२ अङ्कले बढेर दुई हजार सात सय ३५ दशमलव ४२ विन्दुमा पुगेको छ ।

उत्पादन र लगानी समूहबाहेक सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको शेयर एक सय २८ अङ्कभन्दा धेरैले बढेको छ । दुई सय २८ कम्पनीका ६० लाख ८१ हजार कित्ता शेयर तीन अर्ब २१ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २१ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भयो । मैलुङ खोला जलविद्युत् कम्पनी र युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बजार बढे पनि सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै दुई प्रतिशतले घटेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति