विश्वकप छनोट यात्रा : सेमिफाइनलमा आज यूएईसँग खेल्दै नेपाल

काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गरेको नेपालले आज यूएईविरुद्ध खेल्दै छ।

मंगलबार अर्थात् आज ओमानको अल अमेरातमा नेपालले सेमिफाइनलमा यूएईको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ।विश्वकप छनोट हुने लक्ष्य बोकेको नेपालका लागि मंगलबारको खेल महत्वपूर्ण छ। नेपालले यसअघिको जस्तै शतप्रतिशत खेल प्रदर्शन गर्दै फाइनल पुग्ने लक्ष्य लिएको कप्तान सन्दीप लामिछानेले बताएका छन्।यूएईलाई पराजित गर्दै नेपाल फाइनल पुगे आगामी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुनेछ।यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो। त्यसपछि नेपाल छनोट हुन सकेको छैन।

नेपाल र यूएईको पछिल्लो हेड टु हेड बराबरीको स्थितिमा रहेको छ।कम्तान सन्दीपले मंगलबारको खेलमा टिम लयमा रहने प्रष्ट पारे। ‘हाम्रो तर्फबाट अहिलेसम्म शतप्रतिशत दिएका छौँ’, सन्दीपले भने, ‘त्यसरी नै यूएईविरुद्ध पनि ज्यु ज्यान लगाएर नेपाललाई विश्वकपमा छनोट गराउने छौँ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति