नक्कली मह बेचेकाे आराेपमा पक्राउ श्रेष्ठकाे अर्काे कम्पनीमा पनि छापा, दुवै कम्पनी सिल

ललितपुर, ९ फाल्गुन । महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुरको सुनाकोठीस्थित स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनीमा बजारबाट फिर्ता भएका मिति गुज्रेका पाउरोटी र कुकिजको धूलो बनाएर फेरि त्यसैको कुकिज, टोस्ट तथा बिस्कुट बनाएर बिक्री वितरण गरेको आरोपमा छापा मारेको छ ।

छापा मार्ने क्रममा सन् २०१९ मै मिति गुज्रेको कुकिजलाई समेत धुलो बनाएर पुनः कुकिज बनाएको प्रहरीले फेला पारेको हाे । एक प्रहरीका अनुसार अत्याधिक सडेगलेका पाउरोटी समेत सुकाएर पुनः कुकिज बनाएको भेटियो । प्रहरीका अनुसार मिति गुज्रेका पाउरोटीको धूलो बजारमा क्रन्ची चिकेन रोस्ट बनाउन प्रयोग भइरहेको भेटियो । गत ३० माघमा नक्कली मह बेच्ने आरोपमा पक्राउ परेका नर बहादुर श्रेष्ठले नै यो कम्पनि पनि संचालन गर्दै आएका थिए । श्रेष्ठले संचालन गरेको स्पर्श फुड सहित श्रीतारा फुड्स एण्ड प्याकेजिङ प्रालिले दुवै खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएका छैनन् । यी दुवै कम्पनीमा खाद्य तथा गुण नियन्त्रण विभागले सिल गरेको छ । प्रहरीले ५४ कार्टुन भेनेगर, ३० कार्टुन क्रसर पाउडर, ७ कार्टुन सुप, ३ सय ८५ बोरा अजिना मोटोलगायतका अखाद्य सामग्री बरामद गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति