काठमाण्डौ, ९ फागुन । आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट ‘ए’ अन्तर्गत क्यानडासँगको खेलमा नेपालले अहिले बलिङ गरिरहेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेपछि नेपालले पहिले बलिङको निम्तो पाएको हो ।
नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । नेपाल शीर्षस्थानमा रहेको छ । दुई खेलमा दुई अङ्क जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ । क्यानडामाथि जित हात पारे नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ । तर, नेपाल क्यानडासँग पराजित भए साथै ओमानले फिलिपिन्समाथि जित निकाले नेट रनरेटको ठूलो भूमिका हुनेछ ।
प्रतिक्रिया