घाइतेहरुको उपचार व्यवस्था गर्न जनमोर्चाको माग

काठमाडौँ, ९ फागुन । सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी सहायता परियोजना, एमसिसीका विरुद्धमा आइतबार काठमाडौँमा गरिएको नागरिक प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गरेका छन् ।

अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी आन्दोलनमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको व्यवस्थासमेत सरकारले गर्नुपर्नेमा जोड दिएका छन् । सो विज्ञप्तिमा उनले आफ्नोे पार्टीले सुरुदेखि नै एमसिसी सम्झौताको विरोध गर्दै आएको पनि स्पष्ट गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति