अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई कालोमोसो दलेर भागे विप्लवका यूवाहरु

काठमाडौं, ९ फागुन । मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले कालोमोसो दलेर भागेका छन् ।

वडा नम्वर ५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठनपाठन सम्वन्धी सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला एक्कासी यूवाहरुको समूहले कालोमोसो दलेर अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले प्रतिक्रिया दिए ।

‘हामी विद्यालयमा छलफल गरिरहेका थियौँ’,थापाले भने,‘एक्कासी यूवाहरु आएर मोसो दली अभद्र व्यवहार गरेर भागे ।’ थापाका अनुसार स्थानीय गोपीलाल सुनार, होम बहादुर मल्ल सहितको यूवाको समूहले अभद्र व्यवहार गरेका हुन् । घटनास्थलमा प्रहरी पुगेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति