महारानी एलिजाबेथलाई कोभिड सङ्क्रमण

काठमाडौ, ९ फागुन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण भएको छ । कोभिडको सामान्य लक्षण देखिएपछि गरिएको स्वास्थ्य परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

९५ वर्षकी महारानी आउँदो हप्तासम्म निवासमै जनस्वास्थ्यका मापदण्ड पालना गरेर बस्ने र उनको निरन्तर स्वास्थ्यउपचार भइरहने बताएका छन् । उनले गएको हप्ता दरबारमा केही व्यक्तिलाई भेटेका थिए । उनीहरूमध्ये एक जना पाहुनालाई कोभिड सङ्क्रमणको स्पष्ट लक्षण देखिएको भनिएको छ । उनले कोभिड–१९ विरुद्धको सबै खोप लगाइसक्नु सकेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले महारानी एलिजाबेथ द्वितीयको स्वास्थ्यलाभको कामना गरेका छन् । (एजेन्सी)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति