काठमाडौँ, ८ फागुन । एमाले बरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री इश्वर पोखरेलले एमालेको नारावाजीबीच एमसीसी टेबल भएपछि सभामुख र गठबन्धनका नेताप्रति कडा आक्रोश ब्यक्त गरेका छन् । पोखरेलले केहीबेर अघि सामाजिक सञ्जालमार्फत कडा आक्रोश ब्यक्त गरेका हुन । पोखरेलले अनुचित र अबैध गर्भाधानबाट जन्मेको ‘गठवन्धन’ ले देखाएको आजको नाटक मन्चन भन्दै आफ्नो धारणा ब्यक्त गरेका हुन ।यस्तो छ पोखरेलको आक्रोश
अनुचित र अबैध गर्भाधानबाट जन्मेको ‘गठवन्धन’ ले देखाएको आजको नाटक मन्चन
सूत्रधारहरू मुसुमुसु हाँसेर बसिरहने १ संगैकाहरू सजिलैर अप्ठ्यारै गरी बसिरहने , अनुयायीहरू पछि बसेर विरोधमा नारा लगाइरहने , ‘प्रस्ताव गर्नुपर्दा त बरू झुण्डिन तयार हुन्छु ‘ भन्ने निर्लज्ज (खल) नायक चाहिं सहज ढंगले लाजशरम पचाएर प्रकृया अगाडि बढाइरहने ,
वाह रे ‘गठवन्धन’ । वाह रे ‘गठवन्धन’ का निर्लज्ज सूत्रधार , वाह रे त्यसका भक्तजन र अनुयायीहरू ,,
प्रतिक्रिया