काठमाडौं, ८ फागुन । नेकपा एकीकृत समाजवादी पार्टी नेता झलनाथ खनालले अमेरिकाको दबाबले सिंगो नेपाल विभाजित भएको दाबी गरेका छन् ।
सरकारले आइतबार संसद्मा एमसीसी पेस गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता खनालले अमेरिकाको दबाबले सिंगो मुलुक विभाजित भएको बताएका हुन् ।उनले एउटा आर्थिक सम्झौताको विषयलाई लिएर देश र संसद् नै विभाजित भएको उनको भनाइ थियो ।
नेता खनालले आफ्नो पार्टीमा एमसीसी सम्झौता संसद्मा टेबल गर्न दिने विषयमा निर्णय नभएको बताए ।उनले सरकारमा बस्नेरनबस्ने सम्बन्धमा पार्टीको बैठकले निर्णय गर्ने बताए ।
प्रतिक्रिया