निषेधित क्षेत्र तोडेपछि नयाँबानेश्वरमा तनाव

काठमाडौं, ८ फागुन । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ ।प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । जवाफमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेका छन् ।प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेपछि प्रहरीले प्रदर्शनकारीमाथि सुरूमा पानीको फोहोरा हानेको थियो । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात आवागमन प्रभावित भएको छ । एमसीसी संसदमा टेबुल गर्ने निर्णय सत्ता गठबन्धनको बैठकले गरिसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति