हामी स्वतन्त्र देशका सार्वभौम नागरिक, अब सबै मिलेर देश समृद्ध बनाऔं– प्रधानमन्त्री देउवा

काठमाडौं, ७ फागुन। प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै देशलाई समृद्ध बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।

यो काममा सबैको सकारात्मक सहयोग आवश्यक रहेको उनले बताए । ७२ औं प्रजातन्त्र दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘वर्तमान सरकार, प्रतिपक्ष दल, नागरिक समाज, निजी तथा सहकारी क्षेत्र, दातृ निकाय सबैको प्रयासमा मुलुकलाई समृद्ध र सुशासनको मार्गमा अघि बढाउन प्रतिबद्ध छ ।

’२००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली लागू भएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले अब यसलाई संस्थागत गर्दै समतामुलक समाजको निर्माण गर्ने राष्ट्रिय दायित्व पूरा गर्नुपर्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति