कमल थापाको नेतृत्वमा आज राप्रपा नेपाल घोषणा हुँदै

काठमाडौं, ७ फागुन । कमल थापाको नेतृत्वमा आज राप्रपा नेपाल पार्टी घोषणा हुँदैछ। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले नयाँ पार्टी बनाएका हुन्।

प्रजातन्त्र दिवसको अवसर पारेर थापाले नयाँ पार्टी घोषणा गर्न लागेका हुन्। शनिबार बिहान साढे ११ बजे राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा पार्टी घोषणा सभा हुँदैछ।

सम्वद्र्धनवाद, सुशासन र समृद्धि नारासहित कमल थापाले नयाँ पार्टी घोषणा गर्न लागेका हुन्। उनको साथमा पूर्व राप्रपाका केही नेता खुलेर लागेका छन् भने केही नेता खुलेका छैनन्।

एकता महाधिवेशनमा राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएपछि असन्तुष्ट भएका थापाले राजसंस्थाको एजेन्डा छोडेर हिन्दु राष्ट्रलाई मुल आधार बनाएर पार्टी घोषणा गर्न लागेका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति