के नेपाल अमेरिका र चीनको युद्धस्थल बन्न लागेको हो ?

काठमाडौं ६ फागुन : नेपालमा एमसीसी कम्यप्याक्ट सम्मझौताका बारेमा चर्को विवाद भइरहेका बेला दुई शक्ति राष्ट्र अमेरिका र चीनले धम्कीपूणर् भाषाको प्रयोग गरेर अभिव्यक्ति दिएका छन्। तीन दिन अघि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले वासिङटनमा आयोजति पत्रकार सम्मेलनमा नेपालमा एमसीसीवरिुद्ध भ्रामक सूचना फैलनुमा चीनको हात रहेको आफ्नो देशले ठानेको आरोप लगाएका थिए । झन्डै ६० अर्ब रुपैयाँको अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर नेपालमा राजनीतकि संकट चुलरिहँदा अमेरिका र चीनबीचको भूराजनीतकि तनाव सतहमा देखनि थालेको छ । नेपालको विषय बनाएर यी दुई महाशक्ति खुलेरै वाकयुद्धमा उत्रएिको सन् १९९० पछि पहिलो पटक हो ।
फेरि शुक्रबार मात्रै पनि चीनले एमसीसी पारति गर्न अमेरकिाले नेपालसामु दबाब दइिरहेको आरोप लगाएको छ। शुक्रबार बेइजङिमा पत्रकार सम्मेलन गरी चीनको परराष्ट्र मन्त्रालयले एमसीसीमार्फत् अमेरिकीले धम्की कुटनीति सुरू गरेको आरोप लगाउँदै चीनले प्रतिरोध गर्ने चेतावनी दएिको छ।


चनियिाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भनेका छन्, अमेरकिाले नेपालसँगको सहकार्यको नाममा धम्की कुटनीति सुरू गरेको छ। यसको चीनले प्रतरिोध गर्नेछ।’

पत्रकार सम्मेलनमा जापानी टेलिभिजन एनएचकेका एकजना पत्रकारले अमेरिकी परराष्ट्र प्रवक्ताले फेब्रुअरी २८ तारखि भत्रिमा एमसीसी पारित गर्न वा पुनर्वचिार गर्न, नत्र भने नेपाल-अमेरिका सम्बन्ध प्रभावति हुनसक्ने भनेर दिएको चेतावनीबारे चीनको धारणा माग गरेपछ चीनको परराष्ट्र मन्त्रालयले कडा प्रतिक्रिया जनाएको हो ।

हाल नेपालका वभिन्नि राजनैतकि दलहरूबीच एमसीसी कार्यक्रमबारे मतैक्यता हुन नसकेका कारण आन्दोलन पनि चर्किरहेको छ । नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने पन चीनले भनेको छ।

परराष्ट्र प्रवक्ता वाङले नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र वकिासको बाटो छान्न चीनले समर्थन गर्ने बताए। उनले नेपालले राष्ट्र तथा जनताको हतिका लाग सही छनोट गर्नमा चीनको समर्थन रहने प्रतिक्रिया दिए ।

यस अघि नै चीनले एमसीसीवरिुद्ध मथ्यि सूचना फैलाउने काममा उक्साएको वा प्रोत्साहन गरेको हो ? भारतीय मिडियाले सोधेको प्रश्नको जवाफमा वदिेश मन्त्रालयका प्रवक्ताको चीनले नेपालबाट अमेरिका विरोधी गतिविधि गरिरहेको आरोप लगाएका हुन् ।

चीन सरकारी मुखपत्र ग्लोबल टाइम्सले अमेरकिाले एमसीसीलाई लएिर चीनलाई बदनाम गराइरहेको प्रतिआरोप लगाएको थियो । चनियिाँ इन्स्टच्यिुट अफ इन्टरनेसनल स्टडजिका एसयिा प्रशान्त वभिागका प्रमुख लान जआिनसूले अमेरकिाले चीन र नेपालबीच बेमेल उत्पन्न गराउन खोजेको बताएका थिए । वविाद सर्जिना गर्ने उद्देश्यले अमेरकिा अघ बढेको उनको चीनको निश्कर्ष छ ।

ग्लोबल टाइम्समा एमसीसी वविादमा अमेरकिाप्रत िलक्षित गर्दै चीनले भनेको छ – चीनलाई नयिन्त्रणमा राख्न चीनका छमिेकीहरुलाई प्रयोग गर्ने अमेरकिाको पुरानो चाल अहलिेसम्म असफल भएको छ र भवष्यिमा पनि काम गर्ने छैन । यसकारण सार्वभौम मुलुक नेपालले राम्रोसँग सोचवचिार गरेर एमसीसीलाई स्वीकार्ने वा अस्वीकार गर्ने नर्णिय लनिुपर्छ ।’ एमसीसीको पछाड िचीनलाई लक्षति गरएिको भूराजनीतकि उद्देश्य लुकेको आरोप चीनको छ ।

यसैसाता नेपालका तीन शीर्ष नेतासँगको टेलफिोन संवादमा मध्य तथा दक्षणि एसयिाली मामलिा हेर्ने अमेरकिी सहायक वदिेशमन्त्री डोनाल्ड लूले यदि नेपालमा एमसीसी पास नभए आफूहरुले यसको पछाड िचिनियाँ हात हुनसक्ने अर्थमा लनिे बताएको वविरण सार्वजनकि भएको थयिो । कूटनीतज्ञि लूको भनाईलगत्तै अमेरकिी वदिेश मन्त्रालयका प्रवक्ताबाट आएको यस्तो अभव्यिक्तलिे उक्त आशंकालाई थप बल मलिेको छ ।

वदिेश मन्त्रालयका प्रवक्ताको थप टप्पिणी छ – वद्यिुत प्रसारण परयिोजनालाई अनुमोदन गर्ने वा नगर्ने नेपालको सार्वभौम नर्णिय हो । यद िअनुमोदन हुन नसके त्यसपछाड िबाहिरी प्रभाव वा भ्रष्टाचार कारण हुनसक्छ । यदि त्यसो हो भने अमेरकिाको लागि यो गम्भीर चासोको वषिय हुनेछ भने नेपाली जनताको लागि ठूलो क्षति।’

फेव्रुअरी २८ उक्त पाँच महनिे समयावधकिो अन्तमि दनि हो जुन दनिमा या त सम्झौता अस्वीकार गर्नुपर्छ या त अनुमोदन ।’ साथै, सम्झौता पास हुन नसके अमेरकिा र नेपालको द्वपिक्षीय सम्बन्धमा असर पर्नसक्ने पनि उनको चेतावनी छ ।
ॅ यदि ५०० मलियिन डलर राशीको वद्यिूत प्रसारण परयिोजनाको अनुमोदन हुन सकेन भने वदिेशी सहायता र लगानी प्रदान गर्दै आएको अमेरकिी सरकारले यो सहायताको नरिन्तरताबारे सोच्नुपर्छ,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको टप्पिणी छ । तर, अमेरिकाले यी आरोपबारे भने कुनै ठोस प्रमाण पेश गरेको छैन ।

नेपालमा एमसीसी मुद्दा पेचलिो बनरिहँदा अमेरकिाले सम्बन्धमा पुनर्वचिार गर्ने धम्की दइिरहँदा पछल्लिो समय चनियिाँ मुखपत्रहरुमा यसबारे आलेखहरु प्रशस्तै आउन थालेका छन् । लान जआिनसू ग्लोबल टाइम्समा लेख्छन् – एमसीसी पूर्वाधार नर्मिाणको आवरणभत्रिको एउटा भूराजनीतकि साधन थयिो । पूर्णरुपमा एमसीसीलाई अनुमोदन गरनिु नेपाललाई चीनवरिोधी अमेरकिी कत्तिामा उभ्याउनु हो ।’

यो तर्कलाई नेपालमा एमसीसीमा संसोधन वा खारेजीको माग गररिरहेका सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको उपेन्द्र यादव समूहले पछ्याइरहेका छन् । चनियिाँ आशंकाकै तर्कमा बल मल्निे गरी यी दलहरुले एमसीसीलाई इन्डो(प्यासफिकि हस्सिाकै रुपमा परभिाषति गररिहेका छन् । तर, गत सेप्टेम्बरमा अमेरकिाले एमसीसी इन्डो(प्यासफिकि र सैन्य संगठनको हस्सिा नरहेको जवाफ सरकारलाई पठाएको थयिो ।

यसैवीच अमेरिकी राजदूत र्‍याडी बेरीले एमसीसीको वषियलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसमिका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । सामाजकि सञ्जाल ट्वीटरमा दूतावासको आधिकारकि अकाउन्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तपिूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई भएपन हिंसा भड्काउने विचारहरु भने स्वीकार्य नहुने बताएका छन् ।

हामी वाक स्वतन्त्रता र तथ्यमा आधारति खुला बहसको बलयिो समर्थक हौं । एमसीसीको विषयमा पन िहाम्रो धारणा त्यही हो, सामाजकि सञ्जालमा भनिएको छ, आफ्नो वचिार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सवैलाई आफ्नो धाराणा शान्तिपूर्वक राख्न छुट हुनु पर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरु स्वीकार्य हुँदैनन् ।

गत बुधबार तथा आज शुक्रबार एमसीसी समझौता संघीय संसदमा पेश हुने सम्भावित कार्यसूची रहेको भन्दै सत्तारुढ माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका जनवर्गीय संगठन र अन्य दल तथा तनिका कार्यकर्ताले नयाँ बानेश्वर संसद भवन अघि प्रदर्शन गरेका थिए । बुधबार गरिएको प्रदर्शनलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको थियो भने शुक्रबारको प्रदर्शनमा दलका समर्थकहरुले सडकमा टायर बालेर नाराबाजी गरेका थिए । यसक्रममा प्रहरीले प्रदर्शनलाई भड्किन नदनि सेल अश्रुग्यास र पानीका फोहरा प्रयोग गर्नु परेको थियो ।

अमेरिकी अधकिारीको सो अभव्यिक्तकिो चीनले खण्डन गरेको छ । अमेरिकी आरोप सार्वजनकि भएसँगैचीनले भनेको छ-चीननलाई नयिन्त्रणमा राख्न चीनका छमिेकीहरुलाई प्रयोग गर्ने अमेरकिाको पुरानो चाल अहलिेसम्म असफल भएको छ र भवष्यिमा पनि काम गर्ने छैन । यसकारण सार्वभौम मुलुक नेपालले राम्रोसँग सोचवचिार गरेर एमसीसीलाई स्वीकार्ने वा अस्वीकार गर्ने नर्णिय लनिुपर्छ ।’ एमसीसी चीनलाई लक्षति गरएिको भूराजनीतकि उद्देश्य लुकेको आरोप उनको छ ।
यस्ता आरोप प्रत्यारोपले नेपाल संच्चिकै दुई अति महाशक्ति राष्ट्रहरुको रण मैदान बन्ने त होइन भन्ने चिन्ता बढाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति