काठमाडौंको ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु , कलङ्की हुँदै थानकोट र नागढुङ्गा जानेरआउने सबै गाडी रोकिए

काठमाडौं, ६ फागुन । काठमाडौंको ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु भेटिएको छ । दुई वटा जेब्रा झोलामा शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

बिहान स्थानीय बासिन्दाले शङ्कास्पद वस्तु देखेपछि प्रहरीमा खबर गरेका थिए । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको बम डिस्पोजल टोली खटिएका छन्

।शङ्कास्पद देखिएको वस्तु के हो र कसले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । अहिले यो रुटमा साना तथा ठूला कुनै पनि गाडी चल्न दिइएको छैन । काठमाण्डौ हुँदै नागढुङ्गातर्फ जाने सबै गाडीलाई कलङ्कीमा नै र नागढुङ्गा हुँदै काठमाडौं आउने गाडीले उतै रोकिएको प्रहरीले जनाएको छ ।‘हामीले साइकललाई समेत यो रुटमा प्रवेशमा रोक लगाएका छौँ, अनुसन्धान पछि मात्रै सडक खुलाउने तयारी छ’ एक प्रहरीले भनेका छन् । काठमाण्डौसँगको मुख्य नाका भएकाले कलङ्की ढुङ्गेअड्डाको रुट हुँदै दैनिक हजारौँ गाडी ओहोरदोहोर गर्छन्। आज बिहानैदेखि यो नाकामा सुरक्षा जाँचलाई कडाइ पारिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति