काठमाडौं, ५ फागुन । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकमा दुई घण्टा एमसीसीका विषयमा छलफल हो ।
एमसीसीबारे निर्णायक छलफलका रुपमा हेरिएको बैठकको निर्णय आउन बाँकी छ ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू बैठकमा सहभागी थिए ।यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको सहभागिता थियो ।
जनता समाजवादी पार्टीबाट भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन्। आजको बैठकमा सत्ता घटक राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने छैन । बैठकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जसपा अध्यक्ष उपेन्द्र यादव उपत्यका बाहिर भएकाले बैठकमा अनुपस्थित थिए ।
प्रतिक्रिया