नेशनल स्टक एक्सचेञ्जको पूर्व सीईओको घरमा आयकर विभागको छापा

काठमाडौं, ५ फागुन । नेशनल स्टक एक्सचेञ्ज (एनएसई) को पूर्व सीईओ चित्रा रामकृष्णको घरमा प्रहरीले छापा मारेको छ । उनले एक जना वरिष्ट अधिकारी आनन्द सुब्रमन्यमको नियुक्तिमा अनियमितता गरेको आरोप लागेको छ । साथै उनले आध्यात्मिक गुरुका साथ पदमा हुँदा गोपनीयता भंग गरेको आरोप पनि लागेको छ ।

आयकर विगभाले बिहीवार विहानैदेखि उनको मुम्बईस्थित घरमा छापा मारेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।योभन्दा पहिले सेक्योरिटी एन्ड एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी) ले फरवरी ११ मा उनलाई ३ करोड भारतीय रुपया जरिवाना गरेको थियो ।

बजार सञ्चालक सेबीले एक्सचेञ्जको गोपनीय जानकारी कुनै अज्ञात गुरुका साथ साझा गरेको आरोपमा उक्त जरिवाना गरेको थियो ।उनी सन् २०१३ देखि सन् २०१६ डिसेम्बरसम्म एनएसईको एमडी तथा सीईओ रहेको थिइन् । पछि उनले व्यक्तिगत कारण देखाएर पदबाट राजनीमा दिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति