प्रहरी र प्रदर्शनकारीबीच झडप,बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं, ४ फागुन ।  एमसीसीविरुद्ध प्रर्दशनमा उत्रिएका प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

एमसीसी संसदमा टेवल नगर्न दवाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० का भातृ संगठनहरु सहितका प्रर्दशनकारीहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा समेत प्रयोग गर्नु परेको थियो। त्यसक्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा केहीबेर सो क्षेत्र तनावग्रस्त बन्न गएको हो।

अहिले पनि नयाँबानेश्वर–बबरमहल–माइतीघर सडकखण्डमा प्रर्दशनकारीहरुले एमसीसी संसदमा टेवल नगर्न दवाव दिँदै सरकारविरुद्ध चर्का नाराबाजी लगाइरहेका छन्। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र नागरिक समाजका अगुवाहरुको समेत उपस्थितिमा विरोध प्रर्दशन भईरहेको छ। माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका सत्तारुढ दलहरुले एमसीसी यथास्थितिमा पास गर्नु नहुने अडान लिएका छन्।

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस भने एमसीसी संसदबाट पास गर्नुपर्ने पक्षमा रहेको छ। प्रदर्शनमा सहभागी वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले एमसीसी नेपालको हीतमा कदापि नभएको दाबी गरे। उनले एमसीसीले नेपालको भौगोलिक अखण्डतामाथि पनि चुनौति थप्ने बताए। वरिष्ठ अधिवक्ता भण्डारीले एमसीसी सम्झौता लागू भएमा नेपालको कानून र सुरक्षा निकायले पनि एमसीसीको मुद्दा हेर्न नपाउने व्यवस्था रहेको बताए।

वरिष्ठ अधिवक्ता भण्डारीले एमसीसीमा नेपालीहरुका लागि अकल्पनीय कानूनी प्रणाली समावेश गरिएको भन्दै त्यो कुरा कोही पनि नेपालीहरुका लागि सैह्य नहुने चेतावनी दिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति