एमसीसीको विरोधमा सडकमा आयो माओवादी

काठमाडौं, ४ फागुन । अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) को विरोधमा माओवादी केन्द्र लगायत विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले काठमाडौैका माइतीघर, बबरमहल, नयाँ बानेश्वर र मीनभवनमा विरोध प्रदर्शन गरेका हुन् । माओवादी केन्द्र निकट वाइसीएल अखिल क्रान्तिकारीले एमसीसीको विरोधमा नयाँ बानेश्वरस्थित एभरेष्ट होटल सडक खण्डमा प्रदर्शन गरेको छ । त्यसैगरी मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बिहान ११ बज माइतीघरमा भेला भएर जुलुससहित बानेश्वर जाने कार्यक्रम छ ।

अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले एमसीसीको विरोधमा प्रदर्शन गर्दैछ । मिनभवनस्थित कमर्श क्याम्पसमा भेला भएर एमसिसीविरुद्ध विरोध प्रदर्शन गर्ने तयारी गरेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति