काठमाण्डौ, ३ फागुन । प्रतिनिधि सभाको भोलि बुधवार बस्ने बैठकमा अमेरिकी सहयोग एमसीसी सम्झौता पेस नहुने सम्भावना बढेको छ ।
संसद् सचिवालयले फागुन ४ का लागि आज प्रकाशन गरेको सम्भावित कार्यक्रम दैनिक कार्यसूचीमा एमसीसी सम्झौता पेसको विषय समावेश गरिएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पेस हुने र यो विषयमा आफूले सभामुख अग्नि सापकोटासँग परामर्श गरेको बताए पनि कार्यसूची भने एमसीसी समावेश भएकाे छैन । प्रकाशित भएको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन आ.व. २०७७/७८ पेस गर्ने र तीन जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया