काठमाण्डौ, ३ फागुन । नेप्से आज मङ्गलवार ५३ अङ्कभन्दा धेरैले बढेर दुई हजार सात सय ५४ दशमलव २८ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई हजार सात सय आठ विन्दुमा रहेको नेप्से दुई हजार सात सय ५३ विन्दुमा पुगेर बन्द भएको छ । दुई सय २४ कम्पनीका ६३ लाख ४३ हजार कित्ता शेयर तीन अर्ब २३ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २२ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । न्यादी हाइड्रोको शेयर १० प्रतिशत तथा तेह्रथुम पावर कम्पनीको शेयर झन्डै नौ अङ्कले बढेको छ ।
प्रतिक्रिया