विश्वभर कोरोना संक्रमण हुनेभन्दा निको हुने दर बढ्दै : पछिल्लो २४ घण्टामा २५ लाख निको

काठमाडौं, ३ फागुन । विश्वभर कोरोना संक्रमण हुनेभन्दा निको हुने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १४ लाख नयाँ संक्रमित थपिँदा २५ लाख निको भएका छन्।

पछिल्ला दिनमा विश्वभर सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ। अहिले विश्वभर ७ करोड २३ लाख सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ५ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

पछिल्लो २४ घण्टामा थपिएका १४ लाख संक्रमितसँगै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४१ करोड ३६ लाख पुगेको छ। जसमध्ये ३३ करोड ५४ लाख निको भइसकेका छन् भने ५ लाख ४२ हजारको मृत्यु भएको छ। गत २४ घण्टामा मात्रै ७ हजारको मृत्यु भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति