कोरोना अपडेटः थप सात सय ४७ काेराेना संक्रमित, आठ जनाको मृत्‍यु

काठमाडौं, २ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप सात सय ४७ जनामा संक्रमण पुष्टि भएका छन् । आज आठजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर आठ हजार ६९६ नमुना परीक्षण गरिएको थियो । छ हजार २७९ नमुनाको पीसीआर परीक्षण गर्दा ४८२ र दुई हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ३१९ जन संक्रमणमुक्त भएका छन् । पछिल्लाे तथ्याङ्क अनुसार देशभर २० हजार ७३९ संक्रिय संक्रमित छन् । जसमध्‍ये १९ हजार ९३० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ८०९ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १७८ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति