काठमाण्डौ, २ फागुन । संस्कृतिविद् सत्यमोहन जोशी आज दिउँसो अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनकाे छाती दुखेपछि उपचारका लागि माघ २५ मा किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएकाे थियो । उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएकाे छ । जोशीको मुटुमा समस्या देखिनुका साथै छातीमा निमोनिया भएको थियो । अस्पतालमा अक्सिजनको सपोर्टमा राखिएका जोशीलाई घरमा पनि केही दिन अक्सिजनको सपोर्टमा राख्नुपर्ने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया