काठमाडौं, २ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि आव्हान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएका छन् ।समसामयिक विषयमा छलफल गर्न भन्दै सभामुख सापकोटाले आज दिउँसो २ बजे सिंहदरवारस्थित संंसद सचिवालयमा बैठक राखेका छन् ।
संसदमा संसदीय मर्यादाविपरित सभामुखले नै विभेदपूर्ण कदम चालेको भन्दै एमालेले विरोध जनाउँदै आएका छन् ।सभामुखलाई हटाउनुपर्ने अडान राख्दै आएको एमाले आजको सर्वदलीय बैठकमा सहभागी नहुने एक नेताले जानकारी दिए ।एमालेले सभामुख सापकोटाको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया