काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको सत्ता गठबन्धनकै सांसदहरूले महाभियोग प्रस्ताव दर्ता भएको छ। सत्ता गठबन्धनकै सांसदहरूले प्रधानन्यायाधीश राणाविरुद्ध कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदको हस्ताक्षर छन्।
९८ सांसदले हस्ताक्षरसहित बिहान ११ बजेर १० मिनेटमा महाभियोग संसद सचिवालयमा दर्ता गरेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए। महाभियोगको कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी प्रमुख सचेतक देव गुरुङ र एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन्। प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्तापछि उनी स्वतः निलम्बन भएका छन्।












प्रतिक्रिया