काठमाडौं, १ फागुन । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे कुनै सल्लाह नभएको बताएका छन् ।पार्टी उपाध्यक्षसमेत रहेका नेम्वाङले महाअभियोगबारे सत्ता पक्षले एमालेसँग कुनै छलफल नगरेको बताए । ‘सत्ता पक्षले हामीसँग सल्लाह गरेको छैन, आफ्नै ढंगले काम गर्छ । भयो (महाअभियोग दर्ता भयो) भन्ने भर्खर थाहा पायौं’, नेम्वाङले भने ।महाअभियोगबारे निर्णय लिन पार्टीमा छलफलको तयारी भएको उनले बताए । ‘छलफल गर्छौं ,सांसदहरु प्रदेशहरूको कार्यक्रममा छन् । सबैलाई खबर गरिसकेका छौं’, नेम्वाङले भने ।
प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे एमालेलाई जानकारी छैन : उपाध्यक्ष नेम्वाङ
प्रतिक्रिया