कोरोना अपडेटः एकै दिन १४ जनाको मृत्यु, ११ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ, २८ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १४ जनाको ज्यान गएको छ । यो सहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ७८ जना पुगेको जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार नौ सय ८९ जनाको नमुना परीक्षण गर्दा कुल परीक्षण गरिएका नमुनाको पाँच दशमलव ३७ प्रतिशत एक हजार एक सय २८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार दुई सय १५ जना निको भएका छन् । हाल नेपालमा २७ हजार चार सय ४१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । एक लाख ४५ हजार दुई सय ६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् त्यस्तै कम्तीमा एक मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ८१ लाख १९ हजार र पूर्ण मात्रा लगाउनेको सङ्ख्या एक करोड ६१ लाख ५९ हजार जना पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति