३२ सहसचिवको सरुवा, अर्थ मन्त्रालयमा आए नयाँ ४ जना (को कहाँ सूचीसहित )


काठमाडौं, २८ माघ ।  सरकारले ३२ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट आज सहसचिवहरुको सरुवा गरेको हो। मन्त्रालयले जारी गरेको सूचनाअनुसार अर्थ मन्त्रालयमा नयाँ सहसचिवहरु आएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट टंक प्रसाद पाण्डे अर्थ मन्त्रालयमा आएका छन्। गृहबाट राजेश्वर ज्ञवाली, प्रदेश १ को लोकसेवाबाट यज्ञराज कोइराला, सुदूरपश्चिम प्रदेशबाट ढुण्डी प्रसाद निरौला अर्थ मन्त्रालय तथा मातहतको निकायमा सरुवा भएका छन्।

अर्थ मातहतको आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेल संघीय मामिला मन्त्रालयको अतिरिक्त सेवामा सरुवा भएका छन्।केही दिनअघि मात्रै अर्थमातहतकै भन्सार विभागबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त सेवामा सरुवा भएका नारायण प्रसाद सापकोटा गृह मन्त्रालय पुगेका छन्।

को कहाँ ?

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति