नेकपा एसनिकट युवा संघले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं, २८ माघ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । एकीकृत समाजवादीको मोर्चाले दिएको निर्देशन अनुसार फागुन १ गते देशभर प्रदर्शन गर्ने संघका उपमहासचिव तथा प्रवक्ता सन्जीव राईले बताए ।

युवा संघको केन्द्रीय कार्यलयमा प्रचार बिभागको एक कार्यक्रम माझ एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा। विजय पौडेलले बताए ।फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक प्रदर्शन गरिने उनले जानकारी दिएका छन् ।

त्यसको तयारीमा जुट्न जनवर्गीय संगठनलाई बैठकले निर्देशन दिएको छ ।फागुन २ गते बस्ने संसद बैठकमा सरकारले एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको समयमा सत्ता साझेदार दल एकीकृत समाजवादीको उक्त धारणा आएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति