काठमाडौं, २८ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित जुत्ता- चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गएको छ।इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती भएको आलगागीमा परि ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले आगो केहिवेर अघि पूर्ण रूपमा नियन्त्रणमा आएको बताए । ‘घर भित्र तीनदेखि पाँच जनासम्म मानिस फसेको हुनसक्ने स्थानीयले आशंका गरेका थिए। सोही अनुसार हामीले ४ पुरूष र १ बालिकाको शव निकालेका छौं’, डिएसपी अर्यालले भने ‘खोजी र अनुसन्धान जारी छ। शवलाई अस्पताल पठाइएको छ।’इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो।
प्रतिक्रिया