वडाध्यक्ष खातीलाई विप्लवका कार्यकर्ताले दले मोसो

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेम खातीलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले कालो मोसो दलेका छन्।
बिहीबार ६ ७ जनाको समूहमा रहेका विप्लव कार्यकर्ताले बेलडाँडी गाउँपालिका–२ को कार्यालयमै वडाध्यक्ष खातीलाई कालो मोसो दलेका हुन्।
वडाध्यक्षले भ्रष्टाचार गरेकाले ‘जनकारबाही स्वरुप’ कालो मोसो दलिएको विप्लव निकट युवा संघले बताएको छ। वडाध्यक्षले वडा कार्यालय गाउँपालिकामा राखेर अन्तै भाडा दिएको, लघुवित्तहरुलाई जमिनसहित १५ लाख दिएको, मनोमानी रुपमा कर्मचारी भर्ना गरेको, उपभोक्ता समितिद्वारा आफू अनुकुल काम गरेको आरोप विप्लव समूहले लगाएको छ। यसैगरी, वडा अध्यक्षले गाउँपालिका कार्यालयको पछाडी रहेको एकल महिलाहरुका लागि बनाएको भवनमा आर्थिक अनियमिता गरेको, वडा कार्यालयमा नजाने र कालिकिच उपभोक्ता समितिद्वारा निर्माण गरिएको सडकमा समेत आर्थिक अनियमितता गरेको युवा संगठन नेपाल कञ्चनपुरको आरोप छ।
वडाध्यक्षलाई कालोमोसो दलेर दुर्व्यवहार गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए। ‘६/ ७ जनाको समूहले कालो मोसो लगाएको रहेछ,’ उनले भने, ‘उनीहरुमध्ये १ जनाको पहिचान भएको छ, अरुको खोजी भइरहेको छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति