नेप्से आज पनि २२ अङ्कले घट्यो, ३ अर्ब ८२ करोडको कारोबार

काठमाण्डौ, २७ माघ । नेप्से आज पनि २२ अङ्कले घटेर दुई हजार आठ सय एक दशमलव ५६ विन्दुमा झरेको छ । व्यापार, अन्य र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा निर्जीवन बीमा, माइक्रोफाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दुई सय २७ कम्पनीको ६९ लाख ५० हजार कित्ता शेयर तीन अर्ब २ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको २५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो भने मिथिला लघुवित्तको शेयर सबैभन्दा धेरै चार प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि नबिल इक्विटी फन्डको शेयर दुई दशमलव ७६ प्रतिशतले बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति