परीक्षा बोर्ड कर्मचारी सङ्घकाे कार्यालयभित्रै धर्ना

काठमाडौँ, २७ माघ । राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ ।

गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्यालसमक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता सुरु भएको सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए । सङ्घले माग पूरा गराउन यही माघ २६ गते १२ बजेसम्मको अल्टिमेटम बोर्ड नेतृत्वलाई दिएको थियो । त्यो समय सम्ममा पनि माग पूरा नभएपछि कर्मचारी आन्दोलित भएका हुन् । सङ्घका कर्मचारीले बुधबारदेखि बोर्डको कार्यालयभित्रै धर्ना सुरू गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति